काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै अधिकारी आइतबार सर्वोच्च पुगेका हुन् । सरकारले उनीमाथि सूचना चुहाएको आरोप लगाएको छ ।
गत चैत २५ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारीविरुद्ध अनुसन्धान गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सोसँगै अधिकारी निलम्बनमा परेका थिए ।




प्रतिक्रिया