बैंक तथा वित्तीय क्षेत्र सुरक्षित छ, सानोतिनो धक्काले अप्ठ्यारो गर्दैन: गर्भनर अधिकारी

बैंक तथा वित्तीय क्षेत्र सुरक्षित छ, सानोतिनो धक्काले अप्ठ्यारो गर्दैन: गर्भनर अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलनमार्फत गर्भनर अधिकारीले बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको बताउँदै कुनै पनि समस्या नआउने दाबी गरेका हुन् ।

‘समग्रमा हाम्रो वित्तीय संस्थाहरू सुरक्षित छन्। साउन्ड छ। र, सानोतिनो धक्काले कहीँकतै अप्ठ्यारो पर्ने अवस्था हामी देख्दैनौँ,’ अधिकारीले भने, ‘हाम्रो बजार अभ्यास र नियमाक निकायको महत्त्वपूर्ण योगदान रहेको छ। बैंक तथा वित्तीय संस्थाको पुँजी प्रयाप्तता हामीले नियमाकिय हिसाबले तोकेको न्यूनतम आवश्यक अनुपात भन्दा बढी नै रहेको छ।’

बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक बृदीदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाइ लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलनको आयोजना गरेका गिए ।