समानुपातिक बन्दसूचीबाट महराको नाम हटाइयो

समानुपातिक बन्दसूचीबाट महराको नाम हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।

आइतबार मध्यरातमा माओवादीले बुझाएको अन्तिम बन्दसूचीबाट महराको नाम हटाइएको एक शिर्षनेताले जानकारी दिए । महरा आफैंले नाम हटाउन लगाएको बताइएको छ ।

२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएको थियो । महराकी छोरी प्रगति महरा भने लुम्बिनी प्रदेश सभाका लागि समानुपातिक सांसदमा सिफारिस भएकी छन्।