सदन खुलाउन दौडधुपमा सभामुख महरा

सदन खुलाउन दौडधुपमा सभामुख महरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-प्रतिनिधि सभाको जारी अवरोध खुलाउन सभामुख कृष्णबहादुर महराले आइतबार दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, प्रतिपक्ष राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण, सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग छलफल गरेका हुन्।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग फोनमा सहमतिका लागि सत्ता पक्षबाट पहल गर्न आग्रह गरे। छलफल सकारात्मक भएको सोमबारदेखि जारी गतिरोध खुल्ने सभामुख महराले आशा गरेको बताए।

प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ । १६ गते बसेको सर्वदलीय बैठकले सहमतिका लागि प्रयास गर्ने निर्णय गरेअनुसार १६ गते बोलाइएको बैठक सूचना टाँस गरि स्थगित गरिएको थियो ।