काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण गरिने भएको छ ।
संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेपछि महरालाई प्रहरीले १९ असोजमा पक्राउ गरि प्रहरी हिरासतमा राखेको छ । घटनास्थलमा भेटिएका साम्रगीहरु महराको हो वा होइन भन्ने पुष्टि गर्न महराको डीएनए परीक्षण गर्न लागिएको श्रोतले बतायो ।
महराले रोशनीलाई जबरजस्ती करणीको प्रयास गरेको ठाउँमा फुटेको चस्मा, जुत्ताको जिब्री लगायतका सामग्री भेटिएको प्रहरीले जनाएको छ । महराको स्वास्थ्य अवस्थामा समस्या आएपछि उनी अहिले अस्पतालमा उपचाररत छन् ।
नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।




प्रतिक्रिया