काठमाडौै – संविधानविद्हरुले निवर्तमान सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नरहेको बताएका छन् । यौन दूव्र्यवहार गरेको लागेका महरालाई आरोप लगाउने महिलाले नै भोलीपल्ट आरोपको खण्डन गरेपछि पुर्नवहाली हुन सक्ने चर्चा चलिरहेका बेला कानुनव्यवसायीहरुको यस्तो भनाई आएको हो ।
नेपाल बार एशोसिएशनका महासचिव लिलामणि पौडेलले नेता महरा सभामुख पदबाट मुक्त भएको उल्लेख गर्दै उनी पुनर्वहाली हुने सम्भावना नरहेको बताएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित रिपोर्टस् क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौंजदारी कार्य्विधि संहिताअनुसार पीडित भनिएकी शाहीले प्रहरीको हटलाईन सेवामा आफू पीडित भएको जानकारी गराएपछि प्रहरीलाई अनुसन्धान गर्न बाटो खुलेको बताए ।
नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले महरा प्रकरणको छानविन प्रक्रिया नरोकिएपनि पीडित भनिएकी महिलाले अनुसन्धानमा नसघाए सो घटनाको सत्यतथ्य बाहिर आउन कठिनाई हुने बताए ।
उनले पीडित भनिएकी महिला शाहीले डिएनए परीक्षण गर्न नदिए अनुसन्धानका लागि निवर्तमान सभामुख महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने तर्क पनि गरे । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले पदबाट राजीनामा दिएसंगै सभामुख पद रिक्त रहेको बताए ।




प्रतिक्रिया