काठमाडौं – संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारिरीक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जिल्ला अदालत काठमाडौंले जेल चलान गर्न आदेश दिएको छ ।
थुनछेक बहस सकिलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश दिएको हाे । सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामै राखेर मुद्धा अघि बढाउन आदेश गरेको हो । तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामै राखेर मुद्धाको पुर्पक्ष गर्नुपर्ने देखिएको पाण्डेको इजलासले निश्कर्ष निकालेको छ ।




प्रतिक्रिया