आज महराविरुद्ध थुनछेक बहस हुँदैन : अदालत

आज महराविरुद्ध थुनछेक बहस हुँदैन : अदालत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्ध अदालतमा मुद्धा दर्ता भएपनि थुनछेक बहस भने नहुने भएको छ । संसद् सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महरालाई आज (बिहीबार) अदालत उपस्थित गराउने तयारी थियो ।

तर बिहान पौने ११ बजेसम्म सरकारी वकिलको कार्यालयबाट महरालाई अदालत उपस्थित गराउनेबारे कुनै आदेश नआएको काठमाडौं महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

यता काठमाडौं जिल्ला अदालतमा महराको उपस्थित हुनेबारे कुनै सूचना नआएका कारण हरेक दिन हुने थुनछेक बहसका लागि गोला प्रथाद्धारा छनौछ भइसकेका कारण आज अदालतमा महराविरुद्ध मुद्धा दर्ता भएपनि थुनछेक बहस भने नहुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार महरालाई अदालत उपस्थिगत गराई उनीविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेपछि अदालतका तर्फबाट पनि अभियुक्तको बयान लिइन्छ र त्यसपछि मात्रै थुनछेक बहस सुरु हुन्छ ।