काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचार आरोप लगाउने महिलाका श्रीमानले त्यसमा सत्यता नभएको स्पष्ट पारेका छन् । उनले आफुले उक्त आरोप कल्पना समेत गर्न नसक्ने दाबी गरे ।
महिलाका श्रीमानले भने ‘मैले उहांलाई २०४७ देखी नै चिनेको हुं, उहांमाथीको आरोप सत्य होईन् । मलाई उहांप्रति पूर्ण विश्वास छ । ’ उनले आफु महराको विद्यार्थी भएको बताउंदै त्यस्तो काम सभामुखले गरेको भन्नेमा आरोपमा विश्वास समेत नभएको दावी गरे ।
निवर्तमान सभामुख महरालाई आरोप लगाउने महिलाले समेत महराले आफुलाई यौन दूव्र्यवहार नगरेको बताइसकेकी छन् । उनले आफुले आक्रोसमा आएर आरोप लगाएको नागरीक अनलाइनसंगको अन्र्तवार्तामा बताएकी छन् । उनले संचारमाध्यमले नै झुटो समाचार बनाएको भन्दै आक्रोस समेत पोखिन् ।
उनले श्रीमान तनहुं गएको बेला आइतबार राती मदिराले मातेर महराले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएपछि उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए ।
महराले आफुमाथीको छानविनमा सहयोग होस् भनेर राजीनामा दिएको बताए ।




प्रतिक्रिया