महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन नेकपाको सुझाव

महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन नेकपाको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज आकस्मिक बसेको सचिवालय बैठक बैठकले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजिनामा दिन सुझाव दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्याउनुपर्ने सुझाव दिने निर्णय गरेको छ ।

सभामुख महरामाथि संघीय संसद् सचिवालयमा काजमा कार्यरत एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि राजनीति तरङ्गित भएको छ।

स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आइतबार राति आफ्नै कोठामा आएर ‘मदिराको मातमा सभामुख महराले जबर्जस्ती गरेको आरोप लगाएकी हुन्।