यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख महरा राजीनामा दिने तयारीमा

यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख महरा राजीनामा दिने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीबाट यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामाको तयारी गरेका छन् । 

सम्भवतः महराको आजै (मंगलबार) राजीनामा आउंदैछ । महराले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको परामर्शपछि राजीनामा दिने मनस्थिति बनाएका हुन् । ‘यति गम्भीर आरोप लागेपछि त्यसको स्वतन्त्र छानबिनका लागि म राजीनामा दिने मनस्तिथिमा छु’, महराको भनाइ उद्धृत गर्दै संसद सचिवालयका एक उच्च अधिकारीले भने, ‘पहिला पार्टीका दुई अध्यक्षसंग सल्लाह गर्छु ।’

महराले बिहानैदेखि निवासमा आफू निकटस्थहरुका साथै संसदका महासचिव मनोहर भट्टराईलगायतसँग परामर्श गरेका छन् । संसद सचिवालयमा कार्यरत एक महिलाले आइतबार राति बानेश्वरस्थित डेरामा जबर्जस्ती करणी गरेको भन्दै सार्वजनिक मिडियामार्फत आरोप लगाएकी छन् । यद्यपि महराले भने आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा प्रचार गरिएको दाबी गरेका छन् ।