महराको थुनछेक बहस सुरु, के आउला अदालतको फैसला ?

महराको थुनछेक बहस सुरु, के आउला अदालतको फैसला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।शुक्रबार काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो ।

पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडाैं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको छ ।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।