काठमाडौं – यौन दूव्र्यवहारको आरोप लागेर सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका छोराहरुले क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्न विदेशी शक्तिहरु लागे संकेत गरेका छन् । महराका छोराहरु निर्मल महरा ‘एटम’ र राहुल महराले सामाजिक संजाल फेसबुकमा बन्दुक समाएको फोटो राख्दै समयले नयां बाटो पकड्ने र क्रान्तिकारीहरुसंग फेरि भेट हुने उल्लेख गरेका छन् । एटम र राहुल दुवै नेकपाका राजनीतिमा सक्रिय छन् ।
मंगलबार राती सांढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयां बाटो पकड भनेकाले क्रान्तिकारीहरुसंग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् । उनिहरुले क्रान्तिकारीहरुसंग भेट हुन्छ भन्नुलाई कतिपयले विप्लवसंग समेत जोडेर हेरेका छन् । महरा नेत्रविक्रम चन्दका राजनीतिक गुरु समेत हुन् ।
उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् ।
उनीहरुको स्टाटसमा लेखिएको छ-
‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ । आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ ।
बुख्यांचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरुसंग फेरि भेट हुने छ ।’






प्रतिक्रिया