महाराजधिराजको फस्टलुक : ‘न्युड’ र ‘राजर्षि’ लुक्समा देखिए पल शाह

महाराजधिराजको फस्टलुक : ‘न्युड’ र ‘राजर्षि’ लुक्समा देखिए पल शाह


काठमाण्डु– पल शाह अभिनित फिल्म ‘महाराजधिराज’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो ।

पोस्टरमा २ लुक्स देखाइएको छ । अघिल्लो तिर एक युवक ‘न्युड’ अवस्थामा बसेका छन् भने पछिल्लो तिर उनी सँगै अर्का एक राजर्षि पहिरनमा उभिएका छन् । यी दुवै पात्रमा पल शाह रहेका छन् । यो तस्बिर भित्तामा फ्रेममा राखिएको जस्तो समेत देखिन्छ।

स्लोगनमा ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ । निर्माण पक्षले फस्टलुक पोस्टर सार्वजनिक गरेसँगै बाँकी सामग्री ट्रेलरमा आउने बताएको छ ।

बिराज बिष्ट प्रस्तुतकर्ता रहेको फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् भने, सेनकै कथा रहेको छ । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का छन्। यसको प्रदर्शन मिति समेत घोषणा भइसकेको छ।

फिल्म आउँदो दसैँको फूलपातीमा रिलिज हुने निर्माण टिमले जनाएको छ।