महारानीको शव इडिनवर्गबाट बकिंघम दरबार पुर्‍याइयो

महारानीको शव इडिनवर्गबाट बकिंघम दरबार पुर्‍याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन – महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ। स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैजादा भव्य स्वागत गरिएको थियो।

महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिनेछ। बीबीसीका अनुसार महारानीको राजकीय अन्त्येष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।

उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ। अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ।