भारतमा मन्त्रीका ५ प्रहरीसहित १४ जना स्टाफलाई कोरोना संक्रमण

भारतमा मन्त्रीका ५ प्रहरीसहित १४ जना स्टाफलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको महाराष्ट्र सरकारका आवास मन्त्री जितेन्द्र अह्वाडका १४ जना निजी ‘स्टाफ’लाई कोरोना संक्रमण भएको छ ।

मन्त्री जितेन्द्रले कोरोना संक्रमित एक जना स्टाफ एक व्यक्तिको सम्पर्कमा पुगेको र त्यसपछि कोरोना संक्रमण देखिएको बताएका छन् । त्यसपछि उनले आफैँ क्वारेन्टिनमा जाने निर्णय गरेको उल्लेख गरेका थिए ।

कोरोना संक्रमित हुनेहरुमा ५ जना उनको सुरक्षामा खटिएका प्रहरी छन् भने बाँकी ९ जना ‘पर्सनल सेक्रेटरी’ र घरमा काम गर्ने घरेलु कामदार रहेका छन् ।

आफ्ना स्टाफहरुमा कोरोना देखिएपछि मन्त्री पनि क्वारेन्टाइनमा बसेका छन् ।  भारतमा कोरोनाका कारण क्वारेन्टिनमा जाने उनी पहिलो मन्त्री हुन् ।

मन्त्री स्वयं क्वारेन्टिनमा जाने महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म त्यहाँ कोरोनाबाट १४९ जनाको ज्यान गएको छ, २ हजार ३३४ संक्रमित छन् । भारतमा कोरोनाबाट मंगलबार बिहानसम्म ३२४ जनाको मृत्यु भएको छ । भने ९ हजार ३५२ जना संक्रमित छन् ।