अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्छौं :राष्ट्रसंघ महासचिव

अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्छौं :राष्ट्रसंघ महासचिव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघले सहयोग गर्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंग्याउन संयुक्त राष्ट्रसंघको सहयोग मागेपछि अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनेगरी शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्ने बताएका हुन्।

उनले विश्व शान्तिस्थापनार्थ नेपालले खेलेको भूमिकाको प्रशंसा गरे। नेपालमा विगत २० वर्षमा भएका परिवर्तन र उपलब्धीहरू आश्चर्यजनक रहेको उनको भनाइ छ।

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले नेपालको आगामी दिन महत्वपूर्ण हुने बताए ।

नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको गुटेरेसले बताए । उनले भने, ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउनुुपर्छ ।’