महासेठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

महासेठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रचण्ड भोलि स्वदेश फर्किने कार्यक्रम छ ।