बजेट कठिन परिस्थितिमा आएकाले एकै पटक समस्या समाधन गर्न सकिदैँन : अर्थमन्त्री महत


काठमाण्डु- अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कठिन परिस्थतिमा आएको बताएका छन् । सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै अर्थमन्त्री महतले बजेट कठिन परिस्थतिमा आएकाले सबै समस्याको समाधन गर्न नसकिने बताएका हुन् ।

‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो, यो विषय मैले बजेट ल्याउने दिनमै भनेको थिए ।’, उनले भने । त्यस्तै महतले अर्थतन्त्रका समस्या स्वीकार गरेर बजेट ल्याएको बताए  । मन्त्री महतले नेपालको अर्थतन्त्रमा समस्या रहेको र आर्थिक वृद्धि कम भएको दावी गरे । उनले राजस्व संकलन कम भएको र आन्तरिक ऋण लिइरहनुपरेको पनि बताए ।

‘मैले अहिलेको अवस्थामा देखिएका समस्या के छन् ? राजस्वको स्थिति के छ ? वैदेशिक ऋण र सहायताको स्थिति के छ ? आन्तरिक ऋणको अवस्था के छ ? मौद्रिक नीतिले ल्याएका प्रभाव के छन् ? अर्थ नीतिले ल्याएका प्रभाव के छन् ? गत समयका सरकारहरूले गरेका निर्णयहरूको प्रभाव के कस्तो परेको छ ? कोभिडको के-कस्तो प्रभाव परेको छ ?, त्यति मात्रै नभएर यो युक्रेन युद्धले ल्याएको बाह्य समस्याको कारणबाट नेपाली अर्थतन्त्र कसरी प्रभावित भएको छ ? यी तमाम कारणहरूले गर्दा हाम्रो अर्थतन्त्रमा के कस्ता प्रभावहरू परे ? त्यसले राजस्वमा के कस्तो दबाब सिर्जना गर्‍यो ? त्यस्तै गरेर पुँजी प्रवाहमा अर्थतन्त्रमा तरलता दिनेमा के कस्ता समस्याहरू आए ? त्यसलाई मैले स्वीकार गरेर अगाडि बढेको छु ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement