यस्ता छन् आगामी बजेटका प्राथमिकता (पूर्णपाठसहित)

यस्ता छन् आगामी बजेटका प्राथमिकता (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेका छन्।

आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेका हुन् ।

बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मन्त्री महतले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गरेको भए पनि चुनौती अझै कायम रहेको बताए ।

संसद्मा पेस भएको प्रि–बजेट प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय छ। प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० चैत १, २ र ४ गतेका लागि समय तोकिएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन्।