कांग्रेस संसद् पुन:स्थापनाको पक्षमा नउभिने, निर्वाचनमा भाग लिने निर्णय

कांग्रेस संसद् पुन:स्थापनाको पक्षमा नउभिने, निर्वाचनमा भाग लिने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले संसद् पुन:स्थापनाको माग गरिरहेका बेला नेपाली कांग्रेस भने संसद् पुन:स्थापनाको पक्षमा नउभिने भएको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

बैठकले निर्वाचनको माध्यबाट नै संविधानको रक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्था यो विषय राजनीतिक मात्रै नभए संवैधानिक पनि हो । सर्वोच्च अदालतमा पनि विचाराधीन भएकाले अन्तिम व्याख्या हुनेछ भन्ने कांग्रेस विश्वास गर्दछ,’ उनले भने ।

कांग्रेसभित्र चलिरहेको पार्टी महाधिवेशनबारे निर्णय गर्नका लागि मंसिर ११ गते पुन: बैठक बस्ने उनले जानकारी दिए ।