राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छः प्रवक्ता महत

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छः प्रवक्ता महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिएको बताएका छन् ।

शुक्रबार संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरेका हुन् ।

राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरूले सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि उनले बताए । कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरू पनि सकारात्मक रहेको उनको भनाइ छ । उनले आज साँझ बस्ने चार दलीय बैठकले सो निर्णय गर्ने पनि बताए ।

सांसद महतले संविधानको रक्षाका लागि नेपाली काँग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताए।