कोप-२८ मा सहभागी भएर स्वदेश फर्किए वनमन्त्री महतो

कोप-२८ मा सहभागी भएर स्वदेश फर्किए वनमन्त्री महतो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ नेपालको लागि उपलब्धिमूलक भएको स्पष्ट पारेका छन् । सम्मेलनमा नेपालको बारेमा चर्चा भएकोपनि मन्त्री महतोले बताए ।

कोप–२८ मा सहभागी भएर मन्त्री महतो आज स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री महतोले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको एकै स्वर रहेको र यस पटक नेपालले आफ्ना एजेन्डा जोडदार रूपमा उठाएको दावी गरे ।

मन्त्री महतोले कोप–२८ को पूर्व सन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकोले यस पटक सम्मेलनमा नेपाललाई उच्च प्राथमिकता दिइएको पनि बताए ।