काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । आज विशेष पत्रकार सम्मेलनमार्फत महतोले लोसपा छाड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका हुन् ।
‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन । यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’, उनले भने । लोपपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए ।




प्रतिक्रिया