एमालेले समर्थन फिर्ता लिए विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाही

एमालेले समर्थन फिर्ता लिए विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमणडु – मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशसभामा विश्वासको मत लिने बताएका छन् । बुधबार एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् ।

उनले लोकतन्त्रमा समर्थन दिने र लिने कुरा सामान्य भएको बताएका छन् । मुख्यमन्त्री शाहीले संसदमा विश्वासको मत लिन आफू मानसिक रुपमा तयार रहेको बताएका छन् ।

‘उहाँहरूले समर्थन फिर्ता लिएको खण्डमा म सदनबाट विश्वासको मत लिन्छु,’ उनले भने, ‘त्यसका लागि हामी मानसिकरुपमा तयार छौं ।’

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश गरेको छ । आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने पत्र पेश भएको हो ।

एमालेको आज बसेको संसदीय दलको बैठकमा बैठकमा अनुपस्थित ९ जनालाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, उद्योग पर्यटन वन तथा वातावण मन्त्री नन्दसिंह बुढा र सामाजिक विकास मन्त्री दल रावललाई फिर्ता बोलाउने पनि निर्णय गरेको छ ।

यता मन्त्री ज्वालाले सरकारलाई दिएको समर्थन यथावत रहेकोस्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत मन्त्री ज्वालाले ओली समूहले गरेको गुटगत भेला आफूहरुलाई मान्य नहुने बताएका हुन् ।