कर्णालीका मुख्यमन्त्रीले फिर्ता गरे स्कटिङमा खटिएका ८ जना प्रहरी

कर्णालीका मुख्यमन्त्रीले फिर्ता गरे स्कटिङमा खटिएका ८ जना प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्ना सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता पठाएका छन् । मुख्यमन्त्री शाहीले आफ्नो स्कटिङमा प्रयोग हुने गाडीसहित ८ जना प्रहरीलाई फिर्ता पठाएका हुन् ।

कोरोना भाइरसको महामारी रोकथामका लागि सुरक्षाकर्मीको अभाव भएकाले आफूले सुरक्षाकर्मी फिर्ता पठाएको मुख्यमन्त्री शाहीले बताए ।

मुख्यमन्त्रीको सुरक्षामा १/१ जना सई, एक जना असई, एक जना हवल्दार र चारजना सिपाही र एकजना ड्राइभर खटिएका थिए ।