कुर्मराज शाही सचेतकमा नियुक्त, नेपाल समूहले पठायो नयाँ मन्त्रीको लिष्ट

कुर्मराज शाही सचेतकमा नियुक्त, नेपाल समूहले पठायो नयाँ मन्त्रीको लिष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचेतकको जिम्मेवारी कुर्मराज शाहीलाई दिएका छन् । सचेतक सीता नेपालीले प्रमुख सचेतककको जिम्मेवारी पाएपछि रिक्त रहेको सचेतकमा कालिकोटबाट निर्वाचित सांसद शाहीलाई नियुक्त गरिएको हो ।

वरिष्ठ नेता माधव कुमार नेपाल समूह र मुख्यमन्त्री शाहीबीच भएको सहमतिअनुसार शाहीले सचेतकको जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि चर्किएको नेकपा कर्णालीको विवाद सहमति उन्मुख पुगेको हो ।

मंगलबार नेता नेपाल समूह र मुख्यमन्त्री शाहीबीच नेकपा कर्णालीमा देखिएको विवाद समाधानबारे छलफल भएको स्रोतले जानकारी दियो ।

त्यस्तै नेता नेपाल समूह र मुख्यमन्त्री शाहीबीच मन्त्रिमण्डल पुर्नगठन गर्ने सहमति भएका छन् । स्रोतकाअनुसार नेपाल समूहले तीन जना नयाँ मन्त्रीको नाम मुख्यमन्त्री शाहीलाई बुझाएको छ । मंगलबार भएको सहमतिअनुसार मुख्यमन्त्री शाही नेपाल समूहलाई तीन जना मन्त्री र संसदीय दलको प्रमुख सचेतक दिन तयार भएका हुन् ।

नेपाल समूहले अम्मरबहादुर थापा, करवीर शाही र चन्द्र शाहीको नाम मुख्यमन्त्री शाहीलाई बुझाएको स्रोतले जानकारी दियो । पूर्वमाअ‍ोवादीका तीन जना सांसदसहित १८ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।