दाङ–दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की रहेका छन् । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर मोटरसाइकल चढेर भागेका थिए ।
चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनामध्ये अभियान थापाले महेन्द्र बहुमुखी क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।




प्रतिक्रिया