सूर्यदर्शन सहकारी ठगी : १७ करोड बिगो तिर्ने सर्तमा छुटे महेन्द्र, बुझाए ५ लाख धरौटी

सूर्यदर्शन सहकारी ठगी : १७ करोड बिगो तिर्ने सर्तमा छुटे महेन्द्र, बुझाए ५ लाख धरौटी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा थुनामा रहेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले भोटेलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

१७ करोड बिगो रकम कबुल तिर्ने कबुल गरेपछि उनी ५ लाख धरौटी बुझाएर छुटेका हुन् ।

एमालेनिकट युवा संघका नेता समेत रहेका भोटेले उक्त सहकारीबाट साढे ८ करोड रुपैयाँ लगेको देखिएको थियो ।

सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ हिनामिना गरेको अभियोग छ।

सहकारी ऐन, २०७४ तथा मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुरमा सहकारी ठगीमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएकाे थियाे ।

मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो।