महेन्द्रनगर नगर विकास भ्रष्टाचार प्रकरण : आधा दर्जन माओवादी नेताविरुद्ध मुद्दा दर्ता

महेन्द्रनगर नगर विकास भ्रष्टाचार प्रकरण : आधा दर्जन माओवादी नेताविरुद्ध मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीमाथि भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकासका तत्कालिन अध्यक्ष गोपाल रसाइली र पल्टु रानासहित ६४ जनाबिरुद्ध आइतवार विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरेको हो । मालपोत कार्यालयका प्रमुख विशनसिंह थापामाथि समेत मुद्दा दर्ता भएको छ ।

तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी, सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको प्रमाणसहित अख्तियारले मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।

अख्तियारले भ्रष्टाचार गरेको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनु पर्ने विधि र प्रकृया विपरीत अध्यक्षहरुको एकल तोक आदेशको आधारमा व्यक्ति विशेषको नाममा दर्ता स्रेस्ता कायम गरी गराई हक हस्तान्तरण गरेको देखिएको दावी गरेको छ ।

आयोगले तत्कालीन अध्यक्षहरु, समितिमा कार्यरत कर्मचारी, सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारी, कित्ताकाट प्रकृयामा संलग्न नापी कार्यालयका कर्मचारी तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरुबिरुद्ध मुद्दा दर्ता भएको जनाएको छ ।

भ्रष्टाचार गरेकाहरुबाट बिगो असुल उपर गर्न मागदावी समेत लिइएको छ । भ्रष्टाचारमा सरकारी कर्मचारी र माओवादी केन्द्रका स्थानिय नेताहरु मुछिएका छन् । रसाईली,चन्द्रदेव गिरी,कमला राना,विरेन्द्र विसि,भिम भटट्,कैलाश सुनार र पंकज सुनार माओवादी केन्द्रका नेताहरु हुन् ।