आफूमाथि रङ छ्यापेपछि बस्नेतले भने- विरोधको पनि मर्यादा हुन्छ

आफूमाथि रङ छ्यापेपछि बस्नेतले भने- विरोधको पनि मर्यादा हुन्छ

आक्रमणकारीलाई कारबाही गर्न नेतृ झाँक्रीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का नेता महेश बस्नेतले आफूमाथि जेनजी युवाहरूले रातो रङ छ्यापेर आक्रमण प्रयासको निन्दा गरेका छन्।

नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।’

उनले अगाडि लेखेका छन्, ‘प्रहरीको तत्परताप्रति धन्यवाद। हिंसा होइन-विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ। अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन।’

यस्तै हालै एमाले प्रवेश गरेकी नेतृ रामकुमारी झाँक्रीले पनि बस्नेतमाथि रङ प्रहार भएकोमा दुःख व्यक्त गरेकी छिन् । आक्रमणकारी माथि कडा कारबाही गर्न पनि उनले सरकारसँग माग गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘महाभारतमा पाण्डवले युद्ध जिते, कौरवहरूले हारे, कारण– पाण्डवहरूको अभूतपूर्व एकता हो। आज विराटनगरमा क। महेश बस्नेतमाथि आक्रमण प्रयास भएछ। यो खबर सुनेर अत्यन्तै दुःख लाग्यो।’

आपराधिक मानसिकताका भएका एकाध व्यक्तिले जहिले पनि आक्रमण गर्न सक्ने भन्दै उनले सचेत भएर एउटै मिसनमा लाग्न उनले आग्रह गरेकी छिन् ।