माधव नेपालले मन्त्री पदका लागि देउवाको पाउमा सांसद चढाउंदैछन् : नेता बस्नेत

माधव नेपालले मन्त्री पदका लागि देउवाको पाउमा सांसद चढाउंदैछन् : नेता बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतले मन्त्री पदका लागि माधव नेपालले शेरबहादुर देउवाको पाउमा सांसद चढाउन खाजेको टिप्पणी गरेका छन् ।

शनिबार ललितपुरमा युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले माधव नेपाल पदको लोभी भएको टिप्पणी गरेका हुन् ।उनले सुरुमै भने, ‘सुन्दैछु ६ जनाले मन्त्री खाँदैछन् रे । माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो, अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ ।’

एमाले छोडेर माधव नेपालको पार्टीमा गएमा उनीहरुको राजनीतिक भविष्य सकिने नेता बस्नेतको भनाई थियो । उनले माधव नेपाल र झलनाथ खनालको नेतृत्वकाल एमालेका लागि बिर्सनलायक अवधि भएको स्मरण गरे ।

माधव नेपालले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको स्मरण गर्दै नेता बस्नेतले मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओलीको नेतृत्व एमाले र मुलुकका लागि गर्व गर्न लायक अवधि रहेको दाबी गरे ।

उनले भने, ‘माधव नेपालको १५ वर्ष र झलनाथ खनालको १३ वर्ष एमालेका लागि विर्सनलायक समय हो । उनीहरुको कारण एमालेको शीर निहुरेको थियो । हामीले गर्व गर्ने नेतृत्व भनेको मनमोहन, मदन भण्डारी र केपी ओली हुन् ।’

नेता बस्नेतले केपी ओली दिल्लीमा उपचार गर्न जाँदा झलनाथ र माधवले मरे हुन्थ्यो भनेर धुप हालेको आरोप लगाए । बस्नेतले एमालेमा मिल्ने भन्दा पनि निल्ने उद्देश्यले एकतामा आएका प्रचण्डको एमाले निल्ने प्रयास सफल नभएपछि माधव नेपाललाई लिएर बाहिरिएको बताए ।