काठमाण्डु – पार्टीको कार्यक्रममा जान खोज्दा सिमरा विमानस्थलमा अवरोध भएपछि काठमाण्डुमै रोकिएका नेकपा एमालेका नेता महेश बस्नेतले आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् ।
प्रेस चौतारी नेपालको आयोजनामा बस्नेतको पत्रकार सम्मेलन हुन लागेको हो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेयले प्रेस चौतारीको केन्द्रीय कार्यालय न्यू प्लाजामा अपराह्न ४ बजे पत्रकार सम्मेलन हुन लागेको जानकारी दिए ।
उनका अनुसार सिमरा घटनाका सन्दर्भमा प्रेस चौतारी नेपालमा आयोजना गरिएको आकस्मिक पत्रकार भेटघाट कार्यक्रममा बस्नेत अतिथि रहेका छन् ।
सिमरा विमानस्थलमा तनावग्रस्त अवस्था बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।




प्रतिक्रिया