प्रचण्ड सरकार उखरमाउलो भएकाले छिट्टै ढल्छ : महेश बस्नेत

प्रचण्ड सरकार उखरमाउलो भएकाले छिट्टै ढल्छ : महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु छोटो भएको टिप्पणी गरेका छन् ।

बिहीवार राष्ट्रिय युवासंघ नेपालले काठमाण्डुको तीनकुनेमा गरेको आन्दोलनलाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्ड सरकार उखरमाउलो भएकाले छिट्टै ढल्ने बताए ।

‘छोटो आयु भएको मान्छे उखरमाउलो हुन्छ भन्छन्, त्यसैले प्रचण्ड उखरमाउलो भएका छन्,’ नेता बस्नेतले भने । बस्नेतले सरकारलाई सच्चिन आग्रह गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्रको ‘भूत’ सल्बलाएकाले त्यसलाई भगाउनका लागि ‘सालको धुपौरो’ दिएको उनले बताए ।

‘आमाले भूत भगाउन सालको धुपौरो बाल्नुहुन्थ्यो, आज हामीले यो कार्यक्रम राजाका भूत भगाउन गरेका हौं,’ उनले भने । नेता बस्नेतले फागुन महिनामा एमालेले देशभरबाट मानव सागर उतार्ने बताए ।

मध्यपहाडी राजमार्गको अभियानपछि एमालेले काठमाण्डुमा मानव सागर उतार्ने उनले बताए ।