सरकार छाड्ने र आउने कुरा सामान्य राजनीतिक प्रक्रिया हो : प्रमुख सचेतक बर्ताैला

सरकार छाड्ने र आउने कुरा सामान्य राजनीतिक प्रक्रिया हो : प्रमुख सचेतक बर्ताैला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकार कांग्रेस र एमाले बीचको बलियो समझदारीको आधारमा बनेको स्पष्ट पारेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले सरकार गठनमा २ ठूला दलबीच गहिरो सहमति रहेको बताए ।

उनले भने, ‘अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमाले बीचको मजबुत समझदारीका आधारमा बनेको हो । कोही छोड्ने, कोही आउने भन्ने त स्वाभाविक राजनीतिक प्रक्रिया नै हो ।’

सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीचको सहकार्य निर्णायक भएको उनले बताए । बर्तौलाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सामान्य प्रक्रियाको रूपमा लिँदै सरकार स्थिर रहने विश्वास व्यक्त गरेका छन् ।