वर्तमान सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण हो : महेश बस्नेत

वर्तमान सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण हो : महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका नेता महेश बस्नेतले एमालेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगर्नु संसदीय व्यवस्थाकै उपहास भएको बताएका छन् ।

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता बस्नेतले सभामुख सापकोटाले विभिन्न जालझेल गरेर एमालेका १४ सांसदलाई कारबाही नगर्ने निर्णय गरेको बताएका हुन् । उनले भने, ‘ विभिन्न जालझेल गरेर सभामुखले एमालेका १४ सांसदलाई कारबाही नगर्ने निर्णय गरेको छ। यो संसदीय व्यवस्था विपरित हो ।’

नेता बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको आरोपसमेत लगाएका छन् । उनले भने, ‘वर्तमान सरकारमा सामेल दलहरुले संविधान भन्दामाथि गएर काम गरेको छ । अध्यादेशबाटै संसदलाई निरन्तरा दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण हो ।’