काठमाण्डु – नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले कोशी प्रदेशबाट नेपाली कांग्रेसको विद्रोही समूह र एमालेको सहकार्य सुरूआत भएको बताएका छन् ।
आज शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले कोशीका फिल्महरूको प्रभाव संघीय सरकारसम्म पनि पर्ने दाबी गरे ।
उनले भने, ‘कोशी प्रदेशको कांग्रेसको विद्रोह र एमालेसँगको सहकार्य त सुरूआत मात्रै हो । यसको कास्टिङ हो, यसको फिल्महरू प्रदर्शन हुँदैछन् । मलाई लाग्छ चाँडै नै फिल्महरू प्रदर्शन हुनेछन् र ती फिल्मका प्रभावहरू संघीय सरकारमा पनि पर्नेछ ।’
नेपालको राजनीतिलाई नयाँ दिशामा मोड्ने ढंगले कोशी प्रदेशमा केदार कार्कीको नेतृत्वमा सरकार बनेको उनले बताए ।
‘कोशीमा एमाले जिम्मेवार बन्नुपर्छ भन्ने ढंगले हामीले अभिव्यक्ति दिएका थियौं । कोशी प्रदेशको सरकार बन्ने सन्दर्भमा एमाले अधिकतम लचिलो बन्नुपर्छ भनेर मैले पनि भनेको थिएँ,’ उनले भने ।




प्रतिक्रिया