काठमाण्डु – नेकपा एमालेका युवा नेता महेश बस्नेतले राष्ट्रिय युवासंघ नेपाल अन्तर्गतको युथफोर्स आज पनि तैनाथ रहेको बताएका छन् ।
राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले एमालेविरुद्ध षड्यन्त्र भइरहेकाले एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
‘गलत बाटोमा मुलुक जान लागेपछि सही बाटोमा डोहोर्याउन हामीले नेतृत्व गरेका छौं । आफ्नो आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ,’ उनले भने ।
गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई लक्षित गर्दै उनले अहिले एमालेमाथि सोसल मिडियाबाट प्रहार भइरहेको बताए । ‘हामीले साइबर सर्कललाई व्यवस्थित गर्नुस् । हाम्रोविरुद्ध आक्रमण भइराख्दा युथ फोर्सलाई जगाउने कि नजगाउने ? हिजो पनि तैनाथ रहेको युथ फोर्स आज पनि तैनाथ छ । जुनसुकै बेला पनि आजभोलिमा रचनात्मक काम गर्छाैं । सिटी बजाएको भरमा २–४ हजार मान्छे युवासंघले काठमाण्डुमा उतार्छ ।’




प्रतिक्रिया