महेश बस्नेतसँग साइबर ब्युरोले लियो बयान

महेश बस्नेतसँग साइबर ब्युरोले लियो बयान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ ।

विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा कागज गराउन बस्नेत बुधबार बिहान भोटाहिटीस्थित ब्युरोमा उपस्थित भएका हुन्।

उनले आफूमाथि लागेको आरोपको सन्दर्भमा बयान कागज गराएर फर्किएका ब्युरो स्रोतले बतायो । यसअघि प्रहरीले जिल्ला अदालत काठमाडौंमा बस्नेतविरूद्ध पक्राउ पुर्जीसमेत माग गरेको थियो। तर अदालतले पुर्जी दिन अस्वीकार गरेको हो। पुर्जी दिन नमानेसँगै कागज गरिएको हो।

बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।