हार स्वीकार गर्दै महेश बस्नेतले राजीवलाई दिए बधाई

हार स्वीकार गर्दै महेश बस्नेतले राजीवलाई दिए बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भक्तपुर २मा एमालेबाट उम्मेदवारी दिएका महेश बस्नेतले हार स्विकार गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने उल्लेख गर्दै त्यसलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका हुन् ।

उनले यसपटकको परिणाम आफ्नो पक्षमा आउन नसकेको स्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

उनले लेखेका छन् लेखेका छन्– ‘भक्तपुर क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचनमा सहभागी भएको थिएँ। यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु ।’विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु’।

बस्नेतले आफूलाई विश्वास गर्ने मतदाताहरूलाई धन्यवाद र चुनावी अभियानमा खटिने पार्टीका नेता-कार्यकर्ता साथै समर्थकप्रति पनि कृतज्ञता व्यक्त गरेका छन् ।

बस्नेतले राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा गर्ने प्रतिबद्धता भने कहिल्यै नहार्ने बताएका छन्।

त्यहा रास्वपाका राजीव खत्री ३४७०२ मतसहित अग्रस्थानमा छन् । एमालेका बस्नेतको ८३५१ मत छ । कांग्रेसका कवीर राणाले ७३२१ मतसहित तेस्रो स्थानमा छन् । मतगणना जारी छ ।