काठमाण्डु – नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर सर्वोच्च अदालतको अवहेलना गरेको मुद्दामा लिखित जवाफ पेश गर्न आदेश भएको छ ।
नेता बस्नेतले गत माघ ११ गते प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा सर्वोच्च अदालत र न्यायाधीशविरुद्ध अवहेलनाजन्य अभिव्यक्ति दिएको दाबीसहित अधिवक्ता लवन न्यौपानेले मुद्दा दायर गरेका थिए । गत फागुन २७ गते अवहेलना मुद्दा दर्ता भएको थियो ।
न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतसँग लिखित जवाफ माग्ने आदेश दिएको छ ।
बस्नेतले कार्यक्रममा भनेका थिए, ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने नदिने दबाबमा पर्ने शक्तिको सामु डराउने प्रधानन्यायाधीश फोन अफ गर्ने पन्छिने ।’




प्रतिक्रिया