महेश बस्नेत र पूर्वआइजीपी विरुद्ध मानवअधिकार आयोगमा बन्धकको उजूरी दर्ता

महेश बस्नेत र पूर्वआइजीपी विरुद्ध मानवअधिकार आयोगमा बन्धकको उजूरी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमन्त्री महेश बस्नेत, नेकपाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) र निवर्तमान आइजीपी सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा अपहरण तथा शरीर बन्धकको उजूरी दर्ता भएको छ।

समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आयोगमा पुगेर विहीबार यस्तो उजूरी दर्ता गरेका हुुन्। यादवले तीनजनाको मिलेमतोमा महोत्तरीबाट काठमाडौं ल्याइएको दाबी आयोग समक्ष गरेका छन्। उजूरीमा अपहरण तथा शरीर बन्धकको बिषयमा छानविन गरी दोषीमाथि कारवाही गरी जीवन रक्षाको माग गरिएको छ। यादवले उजूरीमा ‘आफ्नो ज्यूज्यान जोखिम’ मा रहेको बताएका छन्। यादव अपहरण गरी शरीर बन्धक बनाएर महोत्तरीबाट काठमाडौं ल्याएको दाबी गरेका छन्। उनले गत बैशाख १० गते सत्ता र शक्तिको आडमा आपूmलाई अपहरण गरिएको उजूरीमा उल्लेख गरेका छन्।

यादवले आयोग सदस्य प्रकाश वस्ती र मोहना अन्सारीलाई भेटेर उजूरी दिएका हुन्। उजूरी दर्ता गर्न यादवले एकजना कानुन व्यवसायी पनि साथमा लगेका थिए। डा.यादवले महोत्तरीस्थित निवासबाट अपहरणमा परेको दाबी गर्दै आएका छन्। अपहरणको भोलिपल्ट काठमाडौंस्थित मेरियट होटलमा ल्याएर बस्नको व्यवस्था गरेको यादवले बताउँदै आएका छन्। उजूरीसँगै उनले भिडियो रेकर्डसमेत प्रमाणका रूपमा पेश गरेका छन्।

‘यादव आफंै आएर अपहरण र शरीर बन्धक बनाएको भन्दै उजूरी दिनुभएको छ। उहाँले एउटा भिडियो पनि पेश गर्नुभएको छ’, आयोग सदस्य मोहना अन्सारीले अन्नपूर्णसँग भनिन्, ‘छानबिन गर्ने आयोगको प्रक्रिया छ। प्रारम्भिक अनुसन्धानपछि आवश्यक देखिए बृहत् छानबिन गरी मानवअधिकार उल्लंघन भएको हो कि होइन तथ्य यकीन गरी बाहिर ल्याउने छौं’, उनले उजूरीका विषयमा प्रारम्भिक अनुसन्धानका लागि आयोग सचिव वेद भट्टराईलाई निर्देशन दिइसकेको जानकारीसमेत दिइन्।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।