काठमाण्डु – नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टीको संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत नेता बस्नेतले अधिकारीले संगठन विभाग चलाउन नसकेको भन्दै जिम्मेवारीबाट हटाउन पार्टी नेतृत्वसँग माग गरेका हुन् ।
‘युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ? संगठनको इन्चार्ज, अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?,’ संगठनको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै उनले भनेका छन्, ‘तसर्थ क.खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु ।’
पार्टीको सचिवालय बैठकले जन संगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाएको भन्दै अधिकारीप्रति बस्नेतले आक्रोश पोखेका हुन् । कास्कीका नेता अधिकारी र भक्तपुरका नेता बस्नेत दुवै जना अध्यक्ष ओलीका निकट मानिन्छन् ।




प्रतिक्रिया