काठमाण्डु– एमालेले आगामी निर्वाचनका लागि गोकुल बास्कोटा र महेश बस्नेतको नाम एकल सिफारिस गरेको छ ।
भक्तपुर–२ बाट बस्नेत र काभ्रे–२ बाट बास्कोटाको नाम पनि एकल सिफारिसमा परेको हो ।
बास्कोटा २०७४ र २०७९ सालका चुनावमा त्यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बस्नेत सोहि क्षेत्रबाट विजयी भएका थिए भने २०७९ को निर्वाचनमा भने उनी कांग्रेस-माओवादी गठबन्धनसँग पराजित भएका थिए ।




प्रतिक्रिया