सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी ओली पक्षमा लागे

सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी ओली पक्षमा लागे


काठमाण्डु – सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । पुर्व माओवादीका नेता जोशी विहिवार बालुवाटार बैठकमा सहभागी भएका हुन् । यसअघि, सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार जना नेपालु चौधरी, रतन थापा, मन्त्री पठानसिंह बोहरा र लीलाधर भट्ट ओली पक्षमा थिए ।

योसंगै सुदुरपश्चिमबाट खुलेरै ओली पक्षमा जानेहरुको संख्या पांच पुगेको छ । अझै केही प्रदेश सभा सदस्य ओली पक्षमा जाने सम्भावना रहेको बताइएको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गरेका विघटित प्रतिनिधि सदस्य नारदमुनि राना, यज्ञबहादुर बोगटी, प्रेम आले, गणेशसिंह ठगुन्ना, दामोदार भण्डारी लगायतका नेताहरु पनि ओली पक्षमा छन् ।