अस्मिता धामी हत्याबारे गृहमन्त्री भन्छन् : अपराधीलाई कानून बमोजिम कारवाही गर्छौँ

अस्मिता धामी हत्याबारे गृहमन्त्री भन्छन् : अपराधीलाई कानून बमोजिम कारवाही गर्छौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डडेल्धुराको परशुराम नगरपालिका वडा नं ८ जमरानीमा स्वास्थ्यकर्मी अस्मिता धामीको मृत्यु प्रकरणबारे राष्ट्रियसभामा प्रश्न उठेको छ ।

आज बसेको राष्ट्रियसभाको आठौं अधिवेशनको दोश्रो बैठकमा राष्ट्रियसभा सदस्य महेश कुमार महराले अहिलेसम्म हत्यारा पत्ता नलागेको भन्दै के अब अस्मिताले पनि निर्मालाको जस्तै नियति भोग्नुपर्ने हो ? वा अस्मिता धामीले न्याय पाउँछ भन्दै प्रश्न गरेका हुन् ।

यदि अस्मिता धामीले न्याय पाउने भए कहिले पाउँछिन् र हत्यारा कहिले पत्ता लगाउनुहुन्छ ? भन्दै महराले गृहमन्त्री बिष्णु पौडेललाई प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री पौडेलले गृह प्रसासन सक्रियताका साथ अनुसन्धानमा लागेको र छिट्टै नै अपराधीलाई कानूनि दायरामा ल्याइ कानून बमोजिमको कारवाही गर्ने बताए ।