काठमाडौँ – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबारदेखि सुरु हुँदै छ । त्यसैको तयारीमा जुटिरहेको राष्ट्रिय महिला आयोगमा भने समस्याको चाङ छ ।
संवैधानिक निकाय भए पनि अध्यक्षलगायतका पदाधिकारी नियुक्त नहुँदा महिला हिंसा न्यूनीकरणकै कामकारबाहीमा समेत असर परेको आयोगका सचिव दीपेन्द्र काफ्लेले जानकारी दिनुभयो । आयोगका अनुुसार सेवाग्राहीलाई दिने सेवादेखि नीतिगत तहमा हुने कामकारबाहीमा समेत पदाधिकारी अभावका कारण समस्या बढेको छ ।
उहाँले भन्नुभयो, “पदाधिकारी नहुँदा कार्यसम्पादनमै असर परिरहेको छ । ” आइतबार लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले पदाधिकारी नहुँदा निर्णय गर्न नसकी आयोगका कार्यक्रम राजधानीमै सीमित रहेको जानकारी दिनुभयो । कार्यक्रम स्थानीय तहमा लैजानुपर्ने तर बजेटसमेत कटौती हुँदा थप समस्या आएको छ ।




प्रतिक्रिया