महिला च्याम्पियनसिप : पहिलो खेलमा म्यानमारले खोल्यो खाता

महिला च्याम्पियनसिप : पहिलो खेलमा म्यानमारले खोल्यो खाता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उद्घाटन खेलमा म्यानमारले लेवलानलाई हराएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा म्यानमारले लेवलानलाई ३–१ गोलले हरायो ।

जितसँगै म्यानमारले अंक तालिकामा ३ अंक जोडेको छ।

खेलको ७५ औँ मिनेटमा सान थ को गोलमा म्यानमारले ३–१ को अग्रता बनायो। त्यसअघि खेलको ७२ औँ मिनेटमा म्यानमारले अग्रता दोब्बर पारेको थियो। यु पेर खिनको लामो क्रसमा सवि यी ले हेडर गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्।

खेलको ५७ औँ मिनेटमा म्यानमारले सुरुवाती अग्रता बनाएको थियो। मे थे मोनले दिएको पासलाई नियन्त्रणमा लिर्दै कप्तान विन थिङगी टुनले गोल गरिन्।

खेलको ६० औँ मिनेटमा लेवनानकी लायला स्कन्दरले बराबरी गोल फर्काइन्।

आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले कीर्गिस्तानविरुद्ध खेल्नेछ। सो खेल साँझ ६ बजे सुरु हुनेछ।

नेपाली टोलीको ‘गोलकिपर’मा कप्तान एञ्जिला तुम्बापो सुब्बासँगै अञ्जना राना मगर र उषा नाथ छन् । त्यसैगरी, ‘डिफेन्डर’मा निशा थोकर, समीक्षा घिमिरे, अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, बिमला चौधरी र मनमाया दमाईं छन् । त्यसैगरी, ‘मिडफिल्डर’मा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन् ।

फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।