काठमाण्डु– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले थाइल्यान्डसँग हार व्यहोरेको छ ।
आइतबार भएको खेलमा नपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो।
नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
थाइल्यान्डका लागि नाथाकानले सर्वाधिक ५७,नन्नापाटले ३२ र अविसराले २८ रन बनाईन्।
नेपालका लागि सीता रानामगरले २ विकेट लिइन् ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाउँदा सम्झना खड्काले २६,रुबिना क्षेत्रीले १७ रन बनाइन् ।
थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४,ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १–१ विकेट लिए ।
समुह चरणको दोस्रो खेलमा नेपालले बिहीबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। शनिबार जिम्बावे र सोमबार स्कटल्यान्डसँग खेल्ने तालिका छन्।




प्रतिक्रिया