धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएकाे छैनः प्रवक्ता देवकोटा

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएकाे छैनः प्रवक्ता देवकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्भल डेलिभरी भएको जानकारी दिए ।

उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताए । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भयो ।

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।